काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै गएको छ। बुधबार सुनको भाउमा थप १ हजार १ सय रुपैयाँ वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार भने सुन प्रतितोला ३ लाख ५ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। बुधबार चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ५ हजार २ सय ९० रुपैयाँ पुगेको छ। अघिल्लो दिन मंगलबार चाँदीको भाउ ५ हजार २ सय ४० रुपैयाँ कायम रहेको थियो।
बजारमा सुनचाँदीको मूल्य बढ्दो क्रममा रहँदा उपभोक्ता र व्यवसायी दुवै सतर्क बनेका छन्।