Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

आइतबार सुन महँगियो, चाँदीको मूल्यमा सामान्य गिरावट

आइतबार सुन महँगियो, चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ भने चाँदीको मूल्यमा भने हल्का कमी देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आइतबार सुन प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको छ। मूल्यवृद्धिपछि सुनको कारोबार दर प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको छ।

यसअघि, गत शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो। नयाँ सातासँगै आएको वृद्धिले बजारमा सुनको मूल्य पुनः उचाइतर्फ उन्मुख भएको संकेत गरेको छ।

त्यस्तै, चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ। शुक्रबार प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५ रुपैयाँले घट्दै ४ हजार ९ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।