Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुनचाँदी बजारमा उछाल: एकैदिन सुन ४ हजार ३०० र चाँदी १८० रुपैयाँले महँगियो

सुनचाँदी बजारमा उछाल: एकैदिन सुन ४ हजार ३०० र चाँदी १८० रुपैयाँले महँगियो

काठमाडौँ । केही दिनदेखि ओरालो लागेको सुनको मूल्य बिहीबार भने अकस्मात् उकालो लागेको छ। नेपाली बजारमा आज सुनचाँदी दुवैको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ पुगेको छ। बुधबार सुन ३ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा आज प्रतितोला ४ हजार ३ सय रुपैयाँ वृद्धि भएको हो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलाको ४ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ६० रुपैयाँ पुगेको छ, जुन प्रतितोला १८० रुपैयाँले बढी हो।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ४ हजार ९८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जसको प्रभाव स्थानीय बजारमा देखिएको व्यवसायीहरू बताउँछन्।