काठमाडौँ । आइतबार सुनको मूल्यमा अत्याधिक वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला ५६ सय रुपैयाँले बढेर तोलाको तीन लाख दस हजार तीन सय रुपैयाँमा कारोबार भइ रहेको छ। शुक्रबार सुन प्रतितोला तीन लाख चार हजार सात सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। चाँदी तोलामा ३७५ रुपैयाँले बढेको हो । शुक्रबार पाँच हजार ५० रुपैयाँ तोलामा कारोबार भई रहेको चाँदी आज पाँच हजार चार सय पच्चीस रुपैयाँ कायम भएको छ ।