काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य अडिग रहँदा चाँदीमा भने उल्लेख्य वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला रु ३ लाख १४ हजार ८ सयमै कारोबार भइरहेको छ। मंगलबार पनि सोही मूल्य कायम रहेकाले सुनको भाउमा कुनै हेरफेर भएको छैन।
तर चाँदीको मूल्यमा भने वृद्धि भएको छ। मंगलबार प्रतितोला रु ५ हजार ५ सय ८५ मा कारोबार भएको चाँदी बुधबार बढेर रु ५ हजार ७ सय १५ पुगेको छ। यसअनुसार चाँदीमा प्रतितोला रु १३० ले वृद्धि भएको महासंघले जनाएको छ।
त्यस्तै, बुधबार सुन प्रतिदश ग्राम रु २ लाख ६९ हजार ८ सय ९० र चाँदी प्रतिदश ग्राम रु ४ हजार ९ सयमा कारोबार भइरहेको छ।