काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेर ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने यही सुन ३ लाख १४ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर ५ हजार ७ सय २५ रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन चाँदी ५ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा समेत मूल्य समायोजन हुँदै आएको व्यवसायीहरू बताउँछन्।