Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुन मूल्य ओरालो, चाँदी भने बढ्यो

सुन मूल्य ओरालो, चाँदी भने बढ्यो

नेपाली बजारमा शुक्रबार सुनको मूल्य घट्दा चाँदीको भाउ भने बढेको छ। अघिल्लो दिन उकालो लागेको सुन आज प्रतितोला ५ सय रूपैयाँले सस्तिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार भने यही सुन ३ लाख १५ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो।

यसैबीच, चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। बिहीबार प्रतितोला ५ हजार ७ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ७ सय ४० रूपैयाँ पुगेको छ, अर्थात् प्रतितोला १५ रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ५ हजार १ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जसको प्रभाव स्थानीय बजारमा समेत देखिएको छ।