काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले बढेर ३ लाख १७ हजार रुपैयाँ पुगेको छ।
यसअघि सोमबार सुन प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यता चाँदीको मूल्य भने आज घटेको छ। चाँदी प्रतितोला ३१० रुपैयाँले घट्दै ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।