Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाली बजारमा सुन स्थिर, चाँदीको मूल्यमा गिरावट

नेपाली बजारमा सुन स्थिर, चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन बुधबार भने सुन ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसैबीच चाँदीको मूल्यमा गिरावट आएको छ। बुधबार प्रतितोला ५ हजार ७२० रुपैयाँ रहेको चाँदी आज घटेर ५ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।