काठमाडौँ । साताको कारोबारको दोस्रो दिन मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ घटेर २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घट्दै ४ हजार ५५५ रुपैयाँमा झरेको छ। सोमबार चाँदीको मूल्य ४ हजार ५८५ रुपैयाँ रहेको थियो।