Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आगलागीमा परेर कास्कीमा एक जनाको मृत्यु

आगलागीमा परेर कास्कीमा एक जनाको मृत्यु

काठमाडौँ । आगलागीमा परेर कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको ज्यान गएको छ ।

निवर्तमान वडाध्यक्ष गुरुङको आफ्नै घरमा लागेको आगोमा परेर ज्यान गएको हो ।

वडाध्यक्ष देवीजङ्ग गुरुङका अनुसार गएराति साढे १० बजे गुरुङको शव जलेको अवस्थामा घर भित्रै भेटिएको हो । कपडा पसल सञ्चालन गर्दै आएका गुरुङ घरमा एक्लै बस्ने गरेका थिए ।