Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बूढानीलकण्ठमा मोटरसाइकल दुर्घटना,चालकको मृत्यु,दुई जना घाइते

बूढानीलकण्ठमा मोटरसाइकल दुर्घटना,चालकको मृत्यु,दुई जना घाइते

काठमाडौं । बूढानीलकण्ठमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

गएराति साढे ८ बजे बूढानीलकण्ठ नगरपालिका–८ गोल्फुटारमा ३ जना सवार बा ४४ प २४२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक सप्तरीका १९ वर्षीय सोयतकुमार साहको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कार्यालयले जनाएको छ।

साहको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा राति सवा ९ बजे मृत्यु भएको हो।