काठमाडौँ । चिसोका कारण धनुषामा एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार धनुषाको जनक नन्दिनी गाउँपालिका वडा नं. १ का मनोज यादवको चिसोका कारण ज्यान गएको हो । चिसो बढ्दै गएपछि धनुषासहित तराईका जिल्लाको जनजीवन प्रभावित हुन थालेको छ ।
जाडोका कारण धेरैजसो विद्यालयमा बिदा दिइएको छ भने बजारमा चहलपहल घटेको छ । चिसोमा कारण भाइरल सङ्क्रमण ज्वरो, निमोनिया, रुघाखोकीका बिरामी पनि बढ्न थालेका छन् । तराईका जिल्लामा दिनभरजसो घाम लाग्दैन । चिसो देशैभर बढेको भए पनि बढी असर तराईका जिल्लामा परेको छ ।