काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरको चोकमा निर्मित अनधिकृत संरचना भत्काउने क्रममा पत्रकारमाथि हातपात भएको छ ।समाचार संकलनका लागि त्यहाँ पुगेका पत्रकारहरुमाथि स्थानीय व्यापारीहरुले हातपात गरेका हुन् ।
पत्रकार कृष्ण कट्टेललाई स्थानियले हातपात गर्दा संवेदनशील अंगमा तथा अन्य ठाउँमा प्रहार भएको उनले बताएका छन् । आफूलाई गम्भीर प्रहार भएको उनको भनाइ छ ।
आफूहरुमाथि हातपात भएपछि पत्रकारहरुले प्रेस काउनशिलमा निवेदन दिएका छन ।