काठमाडौं । सुदूरपश्चिममा आज दिउँसो २ बजेर ४३ मिनेटमा गएको भूकम्पका कारण बाजुराको बडिमालिका क्षेत्रमा आधा दर्जन घरहरू भत्किएका छन्।
बाजुरालाई केन्द्रविन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्पका कारण बाजुराको बडिमालिका नगरपालिका–७ मा एउटा घर पूर्ण रूपले भत्किएको छ।
बझाङ चैनपुरमा हाल सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको कृषि ज्ञान केन्द्रको भवन पनि भूकम्पले भत्काएको छ ।
भूकम्पको क्षतिबारे विवरण आउन बाँकी रहेको छ।