Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कांग्रेस सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगियो

कांग्रेस सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगियो

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ।

खाना पकाउने ग्यास जलन भई घाइते भएका उनलाई आज दिउँसो कीर्तिपुरस्थित नेपाल बर्न सेन्टरका चिकित्सकहरुको परामर्शअनुसार थप उपचारका लागि श्रीएयर लाइन्सको विमानबाट भारत पठाइएको हो।

सुविधासम्पन्न अस्पतालमा उपचार गर्नुपर्ने चिकित्सकहरुले सल्लाह दिएपछि सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको कांग्रेस सांसद दीपक खड्काले जानकारी दिए।

सोही घटनामा परी गम्भीर घाइते सांसद भण्डारीकी आमा हरिकला भण्डारीको उपचारको क्रममा कीर्तिपुरस्थित नेपाल वर्न सेन्टरमा निधन भएको थियो।

सांसद भण्डारीको शरीरको करिब ३० प्रतिशत भाग जलेको चिकित्सकहरुले बताएका छन्।