Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दाङमा खाना पकाउने ग्याँस सिलिण्डर पड्किदा दुई जना घाइते

दाङमा खाना पकाउने ग्याँस सिलिण्डर पड्किदा दुई जना घाइते

काठमाडौँ। दाङमा खाना पकाउने ग्याँस सिलिण्डर पड्किदा दुई जना घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने ग्यास पड्किदा सोही ठाउँका ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर भई तुलसीपुर– १६ बस्ने २९ वर्षीय आशिष खनाल घाइते भएका छन् ।

प्रहरी निरीक्षक केसीका अनुसार घाइते केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको छ ।

घाइतेमध्ये केसीको राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।