Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सागर लम्साल (बले) का पिता लोकदोहोरी गायक राजेन्द्र लम्सालको निधन

सागर लम्साल (बले) का पिता लोकदोहोरी गायक राजेन्द्र लम्सालको निधन

काठमाडौं । मोडल तथा हास्यकलाकार सागर लम्साल (बले) का पिता लोकदोहोरी गायक राजेन्द्र लम्साल क्षेत्रीको निधन भएको छ।

लामो समयदेखि स्पेनमा बस्दै आएका राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापकसमेत रहेका वरिष्ठ लोकदोहोरी गायक एवम् सर्जक लम्सालको गएराति निधन भएको हो ।

उनी ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका’ युरोप शाखाका संस्थापक संरक्षक पनि हुन्। लम्सालका ‘ज्याग्दी खोला किनारै बसेर’,’जापान टोकियो’ जस्ता धेरै गीतहरू चर्चित छन्।