काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ ।
ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस फिक्कलमा दुर्घटना भएको थियो ।
घाइतेलाई उपचारको लागी सिन्धुलीको खुर्कोटमा ल्याइँदै छ ।
बस तिब्र गतिको कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चालक फरार छन् ।