Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

लोकगायक राजेन्द्र लम्सालको शव काठमाडौं ल्याइयो

लोकगायक राजेन्द्र लम्सालको शव काठमाडौं ल्याइयो

काठमाडौं । लोकगायक राजेन्द्र लम्सालको पार्थिव शरीरलाई शुक्रबार स्पेनबाट नेपाल ल्याइएको छ ।

मध्यान्ह ल्याइपुर्‍याइएको शवलाई बुझ्न लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरसहितका कलाकार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

लम्सालको शवलाई आजै पशुपतिको विद्युतीय गृहमा अन्त्येष्टि गरिने उनका भाञ्जा तथा प्रतिष्ठानका महासचिव शिव हमालले जानकारी दिए ।

शवलाई विमानस्थलबाट शवयात्रा गरेर पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगिने भएको छ । शवदाह गृह परिसरमै शोकसभासहित श्रद्धाञ्जली दिने कार्यक्रम हुनेछ ।