काठमाडौँ । मोटरसाइकलले ठक्कर दिँदा सुर्खेतको वीरन्द्रनगर नगरपालिका–६ घण्टाघर चोकनजिक एक जना पैदलयात्रुको मृत्यु भएको छ ।
मुत्यु हुनेमा वीरेन्द्रनगर–७ का ५० वर्षीय टिका सुनार रहको प्रहरीले जनाएको छ।
घण्टाघरदेखि शंकरचोकतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ प ४७६१ नम्बरको मोटरसाइकको ठक्करबाट गम्भीर घाइते भएका सुनारको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता लक्ष्मणबहादुर शाहीले जानकारी दिए।