काठमाडौँ । मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ। लुक्लाबाट ७:१३ मिनेटमा लोबुचे उडेको मनाङ एयरको ‘एन-एएनजे' कलसाइन भएको हेलिकप्टर शनिबार बिहान खुम्बुपासाङल्हामु गाउँपालिका-४ लोबुचेमा दुर्घटना भएको हो।
नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार यात्रु लिन गएको मनाङको हेलिकप्टर ७:२५ बजे लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो। दुर्घटनामा परी पाइलट प्रकाश कुमार सेडाइ घाइते भएका छन्। हेलिकप्टरमा उनी एक्लै थिए। दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटलाई उद्दार गर्न फिस्टेल एयरको नाइनएन एजेआर कलसाइनको हेलिकप्टर गएको थियो। उनलाई काठमाडौं ल्याइ उपचारका लागि ह्याम्स अस्पताल लगिएको स्रोतले जनाएका छन् । दुर्घटनाको कारण भने खुलिसकेको छैन।
मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट अहिले खतरामुक्त रहेका छन् । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त भएको हो । लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलट सेडाइ मात्रथिए । हेलिकप्टरमा आगलागी भएको छ । उक्त हेलिकप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो । हेलिकप्टर के कारणले दुर्घटना भयो भन्नेबारे थप अनुसन्धानपछि मात्रै थाहा हुने प्राधिकरणले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार हिमाली क्षेत्रमा तीव्र हावा चलेको र सोही हावाको बेगले अवतरणको क्रममा हेलिकप्टर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
हेलिकप्टर दुर्घटना भएको केशमा पाइलट बाचेको सायदै यो अपवाद घटना हुनुपर्छ । नेपालमा हेलिकप्टर /प्लेन दुर्घटना हुने क्रम पनि पछिल्लो समय निकै बढ्दो छ । सरकारले यसको लागि छानबिन टोलि पनि बनाउछ / केहि लागिपरेजस्तो पनि गर्छ तर घटना कुरा जस्ताको त्यस्तै नै हुन्च्छ । पछिल्लो समय नेपाली आकाशमा दुर्घटना बढ्दो रहेको छ । एक वर्षका अन्तरालमा नेपाली आकाशमा एकसय भन्दा बढीले ज्यान गुमाएका छन् भने तीनवटा दुर्घटना भएका छन् । अर्थात एक बर्ष मा एक दुर्घटना भएकै हुन्छ । नेपाली आकाशमा ४३ वर्षमा ४० हेलिकोप्टर दुर्घटना भएको तथ्यांक छ । २०७९ जेठ १५ गते तारा एयरको पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटना हुँदा १९ जना यात्रु र चालकदलका ३ सदस्य गरी २२ जनाको ज्यान गएको थियो भने गत माघ १ गते आइतवार काठमाडौबाट पोखरा जाँदै गरेको यति एअरको विमान दुर्घटनामा परेर विमानमा सवार ७२ जनाको निधन भएको थियो । मानवीय क्षतिका हिसाबले नेपाली आकाशमा यो सबैभन्दा ठूलो आन्तरिक हवाई दुर्घटना हो भने आन्तरिकतर्फ ५० औँ दुर्घटना हो ।
नेपाली आकाशमा भएका हेलीकप्टर दुर्घटनामा तत्कालीन राज्यमन्त्री गोपाल राई, पर्यटनमन्त्री रविन्द्र अधिकारी लगायत अति विशिष्ट व्यक्तिहरुले पनि ज्यान गुमाएका थिए । विसं २००६ सालदेखि हवाई उडान सुरु भएको नेपालमा अहिलेसम्म १ सय ४ वटा विमान दुर्घटना भएका छन् । नेपाली आकाशमा भएका यी दुर्घटनाका कारण कतिपयले नेपाली आकाश असुरक्षित महसुस गर्न थालेका छन् । नेपाली आकाशमा हाल सम्म भएका दुर्घटनामा आठ सय बढीले ज्यान गुमाएका छन् ।