Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

लालिगुराँसका पत्रकार प्रकाश ढकालको हत्या आरोपमा ४ जना पक्राउ

लालिगुराँसका पत्रकार प्रकाश ढकालको हत्या आरोपमा ४ जना पक्राउ

काठमाडौं । लालिगुराँसका लागि मनोरन्जन संवाददाताको रुपमा काम गर्दै आएका पत्रकार तथा कलाकार प्रकाश ढकालको हत्या आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

ढकालको हत्या आरोपमा जिल्ला प्रहरी कार्याल धादिङले ४ जनालाई पक्राउ गरेको हो। धादिङ प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा सन्तोष परियार, निलबहादुर दर्जी, समीर विक र रविराज सुवेदी छद्धन्।

पक्राउ परेका ४ जनामध्ये १ जना बसका साहु, १ जना चालक र २ जना सहचालक रहेको प्रहरीले जनाएको छ।

स्याङ्जाबाट काठमाडौं आउने क्रममा बसमा विवादमा भएपछि कुटपिट गर्दै बसबाट ढकाललाई झारेको पाइएको प्रहरीले जनाएको छ। उनीहरुले विवाद भएपछि रातिको समयमा बसबाट ढकाललाई झारेका थिए।

४ दिनदेखि हराइरहेका ढकालको शव मंसिर ४ गते धादिङको कृष्णभिरमा भेटिएको थियो। उनी विगत ७ वर्षदेखि लालिगुराँस डटकममा आबद्ध थिए।

लालिगुराँसका लागि मनोरन्जन संवाददाताको रुपमा काम गरेका उनी तिहारमा आफ्नो घर स्याङ्जाको चापाकोट गएका थिए। घरबाट काठमाडौं जान फर्किएका उनी सम्पर्कविहीन थिए। त्रिशुली नदीमा र्‍याफ्टिङ गर्ने व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

शव संकास्पद भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।