Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

दाइजोको निहुँमा सिरहामा महिलाको हत्या

दाइजोको निहुँमा सिरहामा महिलाको हत्या

काठमाडौँ । नेपालमा तराईका जिल्लामाहरुमा छोरी चेलीको बिहे गर्दा दाइजोको माग उलेख्या हुने गर्छ । विहेमै धेरै खर्च भइसकेको हुन्छ तर दाइजो पनि दिनै पर्ने । दाइजोका कारण ताराईमा धेरै छोरी चेलीको हत्या गरेर मारिदिने जस्ता घटनाले उग्र रुप नै लिएको छ । हत्या गर्नेमा अक्सर परिवारकै सदस्य रहँदै आएका छन् ।

त्यस्तै भर्खरै दाइजोको निहुँमा सिरहामा एक महिलाको हत्या भएको खवर आएको छ । सिरहाको लहान नगरपालिका २२ जहदीमा एक महिलाको विवाह भएको एक वर्ष नबित्दै हत्या भएको हो ।

मृत्यु हुने ती महिला हुन् । २२ वर्षीय पूजा चौधरी पुजालाई दाइजोका निहुँमा उनकै परिवारले हत्या गरको माइती पक्षको दावी छ ।

यो घटना पुस ४ गतेकै हो । पुजाको हत्या उनकै श्रीमान् राजाराम साह, ससुरा फूल कुमार, सासू सुनिता देवी र नन्द चन्द्रिका कुमारीले गरेको आरोप माइती पक्षको छ ।

छोरी पूजाको हत्यामा संलग्नलाई कारबाहीका लागि उनका बुबा सम्पत्ति चौधरी प्रहरी प्रशासन धाइरहेका छन् । तर प्रहरीले उनको जाहेरी लिन भने तयार छैनन् । प्रहरीले किन जाहेरी लिन नमानेको हो यसमा पनि शंकास्पदनै छ । तराइका जिल्लामा दाइजोको कारण बर्षेनी धेरै महिलाले ज्यान गुमाएको तथा घरेलु हिँसामा परिरहेको भएतापनि अहिलेसम्म यस्ता घटना न्यूनीकरण भने हुन सकेको छैन ।

भर्खरै मृत्यु भएकी पूजाको मृत्युबारे पनि उनकै परिवारले हत्या गरेको होइन भन्ने कुरामा कत्तीपनि शंका छैन । ससुरा पक्षले प्रहरी र माइती पक्षलाई फरक फरक ब्यहोरा बताएका कारण पनि घटना शंकास्पद देखिएको छ । तर पनि प्रहरीले घटनाको जाहेरी लिन भने मानेको छैन ।

पूजाको मृत्यु भइसकेपछि ससुरा पक्षले एम्बुलेन्स बोलाएर लहानकै सप्त ऋषि हस्पिटल लगेको बताइएको छ । अस्पतालको रिपोर्टले पनि पूजाको मृत्यु अस्पताल लग्नु अगावै भएको देखिन्छ ।

पूजा बिरामी परेको भन्दै उनका मामा दिनेश साहलाई अस्पतालबाट छिमेकी रेखा साहले फोन गरेकी थिइन् । तर पूजाकी नन्द चन्द्रिकाले झुन्डिएको भनेर प्रहरीमा बयान दिएपछि घटना रहस्यमयी देखिन्छ ।

यसको मतलब परिवारका सवैजना मिलेर पुजाको हत्या गरेको प्रस्टै देखिन्छ ।

०८० वैशाख २० मा सामाजिक परम्परा अनुसार भारत विहार राज्यको मधुवनी जिल्लामा पर्ने राजनगरकी पूजाको विवाह राजारामसँग भएको थियो । विवाहमा २ लाख भारु नेपाली ३ लाख २० हजार नगद र सरसामान दिएइएको माइती पक्षको दाबी छ ।

माइती पक्षको अनुसार विवाह गरेर लगेको केहि महिना नबित्दै थप दाइजोका लागि छोरीलाई यातना दिन थाल्यो । पटक पटक कुटपिट गर्न थालेपछि थप ८० हजार रुपैयाँ दिइएको थियो । तर थप ३ लाख २० हजार रुपैयाँ माग्न थाल्यो ।

पुजाका परिवारले २ लाख भारुका लागि दबाब दिन थाल्यो । तर माइती पक्षको सामान्य अवस्था रहेको र आर्थिक रुपले कमजोर रहेका कारण उनले यतना सहँदै आएकी थिइन् ।

तर दाइजोको लालचले आखिर पुजाको परिवारले उनको हत्या गरेरै छाडे । यसरी तराईका छोरी चेलीले कहिलेसम्म यस्तो यतना भोगीरहने । दाइजोका लागि कसैको अमुल्य ज्याननै लिइन्छ भने त्यसको सजाय कडा हुनुपर्ने हो तर नेपालमा हत्या गर्ने अभियुक्तलाई पनि सजाय फितलो हुँदा बर्षेनी निर्दोष छोरीचेली मर्न बाध्य छन् ।