Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिन्धुलीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु, बस आगजानीमा

सिन्धुलीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु, बस आगजानीमा

काठमाडौं । सिन्धुलीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा मृत्यु भएका दुवै जनाको सनाखत खुलेको छ।

आज बिहान सुनकोसी गाउँपालिका–३ बोहोरेटारस्थित बिपी राजमार्गमा भएको दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो।

मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका २ का २० वर्षीय सुसन राई र मोटरसाइकल पछाडि सवार दिक्तेल नगरपालिका १० की १८ वर्षीया मुनाकला राई भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता चिरन्जीवि दाहालले जानकारी दिए।

बागमती प्रदेश ०१००६ ख ४५९३ नम्बरको बसले बा ६० प ३५४५ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको हो। बसका चालक रामेछाप मन्थलीका रुपेश अधिकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

दुर्घटनापश्चात आक्रोशित स्थानीयले बसमा आगजानी गरेर बिपी राजमार्ग अवरुद्ध पारेका छन्। ।