Shares
Shares
काठमाडौँ । सिराहमा मिटरब्याजीको निकै ज्याजती बढेको छ । त्यो पनि यती सम्मकी अदालतमै पीडितलाई हातपात गर्ने, धाक धम्की दिने ज्यान मार्ने धम्की समेत पीडितले भोग्दै आएको समाचारहरु बाहिरिएका छन् ।
भर्खरै पनि सिराहमा एकजना मिटरव्याजीले पीडितलाई हातपात गरेका छन् । मिटरब्याजी भनिने श्याम निरौलाले पीडितलाई यतिबेला सिराह जिल्ला अदालतमा तहल्का मच्चिएको छ । निरौलाले पीटितलाई कुटेपछि मिटर ब्याज पीडितहरू रातभर जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना बसेका छन् ।
मिटरब्याजी श्याम निरौलाले सिरहा जिल्ला अदालतमै दुई पीडितलाई कुटेपछि पीडितहरू रातभर जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना बसेका हुन् ।
निरौलाले बुधवार अदालतमै पीडितद्वय रौदी यादव र सुकुमारी साहलाई कुटपिट गरेका थिए । घटनापछि निरौलालाई पक्राउ गरी कारबाही गर्न मिटर ब्याज पीडितहरू धर्ना बसेका हुन । उनीहरूले यस्तो कठाङ्ग्रिँदो चिसोमा खुल्ला आकाश मुनी रात बिताए ।
धर्नामा मिटर ब्याज विरुद्धको संघर्ष समितिका केन्द्रीय संयोजक मनोज पासवान पनि धर्नामा थिए । उनीहरू माग पुरा नभएसम्म धर्ना जारी राख्ने अडान लिएपछि प्रहरीले पीडित कुट्ने निरौलाविरुद्व जाहेरी दर्ता गरेको छ ।
निरौलामाथि पीडित ककुलतीदेवी यादवले दिएको ‘अपमानजनक अमानवीय सम्बन्धी कसुर’ शीर्षकमा जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गरिएको छ ।
न्यायका लागि अदालत पुगेका दुई पीडितलाई मिटरब्याजी निरौला कुटेको र उनलाई प्रहरीले पक्राउ नगरेपछि रातभर धर्ना बसेको बताएको हो । धर्ना पश्चात ‘आज बिहान प्रहरीले निरौलाविरुद्व जाहेरी दर्ता गरेको छ । त्यसपछि भने धर्ना स्थगित भएको हो
निरौला विष्णुपुर गाउँपालिका १ का बासिन्दा हुन् । उनीविरुद्ध मिटर ब्याज सम्बन्धी ३२ वटा उजुरी परेको छ । केहि महिना अगाडी मात्रै मिटर ब्याज मुद्दामै पक्राउ परेका उनी ३५ दिन थुनामा बसेर छुटेका थिए ।
निरौला छुटेपछि पीडितहरूलाई धाक धम्की दिएर प्रताडित गरेको संघर्ष समितिका संयोजक पासवानले बताएका छन् । मिटरव्याजी निरौलाले, ‘आफूमाथि किन मुद्दा लगाएको भन्दै पीडितहरूलाई अनेक खालको हिंसा गदै आएको पीडितपक्षको दावि छ ।
मिटर ब्याज विरुद्धको संघर्ष समितिले सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवको सरुवाको माग समेत गरेको छ ।
मिटर ब्याज सम्बन्धी परेको जाहेरी मिलापत्र गराउने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयले पाएको छ । तर छलफलबाट पीडितहरू न्याय नपाउने गरेको संघर्ष समितिको आरोप छ ।
समितिका संयोजक पासवानले सिडिओ र सहायक सिडिओकै भूमिका शंकास्पद रहेको आरोप पनि लगाएका छन् । उनले ‘यहाँका सिडिओ र सहायक सिडिओ रहेसम्म छलफलमा नवस्ने चेतावनी दिएका छन् ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209