Shares
Shares
काठमाडौँ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलाई उनकै श्रीमतीले मुद्धा दायर गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रबि लामिछानेको बिरुद्धमा बहस गर्दै आएका वकिल सुरेन्द्र भण्डारीलाई उनकै श्रीमतीले आफुमाथी हिँसा भएको भन्दै मुद्धा दायर गरेकी हुन् ।
भण्डारीले रवि विरुद्ध निरन्तर बहस गर्दै आएका थिए । नागरिकता विवादमा उनले रविको विपक्षमा बोल्दै आएका थिए । तर आज उनै वकिलमाथी आफ्नै श्रीमतीलाई हिँसा गरेको आरोप लागेको छ ।
उनकी श्रीमती जानकी पाण्डेले बिहे भएको मितिमै विवाह दर्ता गर्न नमानेको र आफूमाथि शारीरिक, मानसिक हिंसा गरेको भन्दै ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्।
आफ्ना पति भण्डारीले बिहे दर्ता गर्न नमानेकोले नाता कायमको मुद्दा दायर गरेकी पाण्डेले आफूमाथि शारीरीक, मानसिक, आर्थिक र यौनजन्य हिंसा भएको भनेर पनि अर्को छुट्टै मुद्दा दिएकी हुन्।
भण्डारीले आफूलाई ज्यान लिने भन्दै धम्क्याउने, आफ्ना बावुआमालाई सताउने लगायतका काम गरेको भन्दै उनले संरक्षणका लागि आदेश मागेकी छन्। श्रमती जानकी पनि अधिवक्ता हुन् ।
उनले यसअघि भण्डारीविरूद्ध महिला आयोगमा निवेदन दिएकी थिइन्। आयोगले भने अदालत जान सुझाएको थियो।
जानकीका अनुसार, उनीहरूको विवाह २०७४ साल माघ १९ गते परम्परा बमोजिम परिवारका सदस्यहरूको बीचमा भएको थियो। पहिलेनै विवाह भइसकेका भण्डारीसँग पछि जानकीले विवाह गरकी थिइन् ।
विवाहको लामो समय भइसक्दापनि विवाह दर्ता नभएका कारण नै विवाद भएको बुझिएको छ । वकिल सुरेन्द्रले बिहे दर्ताको फारम भरे पनि बिहेको मिति भने ६ वर्षअघिको राख्न मानेनन्। बरू २०८० सालमा बिहे दर्ता गरौं भने। त्यसपछि विवाद भएको थियो।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले पत्नी जानकी पाण्डेसँग ६ वर्षअघि भएको बिहे दर्ता गर्न अस्वीकार गरेको र मार्नेसम्मको धम्की दिएको भन्दै महिला आयोगमा उजुरी परेको हो ।
महिला आयोगभन्दा अगाडि उनी शान्ति सुरक्षा माग गर्दै प्रहरीमा समेत गएकी थिइन्।
बिहे दर्ता गर्न वडामा निवेदन दिँदा पनि सुरेन्द्र नआएको र उल्टै आफूलाई मार्नेसम्मका धम्की दिएको भन्दै जानकीले महिला आयोगमा उजुरी गरेकी हुन्। ।
हेर्नुहोस त यसरी अरुको वहस गर्दै हिड्ने र मर्यादामा रहेका जस्ता देखिनेहरुलेपनि आफ्नै घर भित्र यस्तो किसिमको यातना दिइरहेका रहेछन् । आफ्नै घरमा हिँसा गर्ने वकिलले अरुको पक्षमा कस्तो बहस गर्ला ।
यसै त पछिल्लो समय नेपालको कानुन र अदालतप्रती धेरैको विश्वास घटेको छ । यस्तो अवस्थामा अदालतमा बहस गर्ने वकीलकै विरुद्धमा अदालतमा मुद्धा दर्ता भएको खबर बाहिरिएपछि अन्य पीडितहरुले उनिबाट कसरी न्यायको आसा गर्ने ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209