Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

दुई दिनअघि गौशालाबाट हराएकी २ वर्षीया बालिका भक्तपुरमा भेटिइन्, १ जना पक्राउ

दुई दिनअघि गौशालाबाट हराएकी २ वर्षीया बालिका भक्तपुरमा भेटिइन्, १ जना पक्राउ

काठमाडौँ । दुई दिनअघि काठमाडौ‌ंको गौशालाबाट हराएकी २ वर्षीया बालिका भक्तपुरमा भेटिएकी छन्।

भक्तपुरको बालकोट पानी ट्यांकीस्थित राज नेपालले सन्चालन गरिरहेको टेलरमा खेलिरहेको अवस्थामा बालिकालाई उद्धार गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सोमेन्द्रसिंह राठोरले जानकारी दिए।

प्रहरीका अनुसार बालिका आमाले चलाउँदै आएको चिया पसलमा खेलिरहेको अवस्थामा मंगलबार साँझ हराएकी थिइन्। प्रहरीले नेपाललाई पक्राउ गरेको छ। बालिकाका बुबा वैदेशिक रोजगारीमा छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।