Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

परपुरुषसँग भाग्न लागेको देखेपछि तोरी बारीमा श्रीमतीको हत्या

परपुरुषसँग भाग्न लागेको देखेपछि तोरी बारीमा श्रीमतीको हत्या

जिल्ला प्रहरी कार्यालय कास्कीले श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार श्रीमतीको हत्या गरेको आरोपमा पोखरा महानगरपालिका–२९ नौबिसे बस्ने ३६ वर्षीय रत्नबहादुर घर्तीलाई पक्राउ गरेको हो ।

म्याग्दी धौलागिरी गाउँपालिका–७ ताकम घर भएका रन्तबहादुरले आफ्नी श्रीमती २८ वर्षीया रेखा घर्तीको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।

एसपी थापाका अनुसार घरनजिकैको तोरी बारीमा घाँटीमा तुनाले कसेर हत्या गरेको खुल्न आएको छ । रत्नबहादुर र उनको श्रीमतीको सम्बन्ध पछिल्लो समय बिग्रिएको थियो । उनीहरुका दुई वटा बच्चा थिए । बिहीबार दिउँसो श्रीमती अर्कै केटासँग भाग्न लागेको देखेपछि रत्नबहादुरले लखेटिलखेटि श्रीमतीको हत्या गरेको प्रहरीको भनाइ छ ।

‘हामीले बच्चाहरुसँग पनि कुरा ग¥यौं । बच्चाका अनुसार भाग्ने नियतले नै हिँडेका रहेछन् । श्रीमती भाग्न लागेको देखेपछि रत्नबहादुरले लखेटेर हत्या गरेका रहेछन्,’ कास्की प्रहरीका एसपी थापाले भने, ‘ प्रत्यक्षदर्शीले मार्न लाग्दा भेटेर नियन्त्रणमा लिनुभएको हो, हामी जाँदा श्रीमतीको मृत्यु भइसकेको थियो ।’

रत्नबहादुरले प्रेमीसँग देखेपछि श्रीमतिसहित दुवैलाई लखेटेका थिए । प्रहरीका अनुसार लखेटेर भेटाएपछि उनले श्रीमतीको घाटी थिचेर, ज्याकेटको तुनाले हत्या गएका थिए । कास्की प्रहरी प्रमुख थापाका अनुसार रत्नबहादुर हत्या गरेको स्वीकार गरिसकेका छन् ।

‘उहाँ९रत्नबहादुर० ले हत्या गरेको स्वीकार गरिसक्नुभएको छ । फोटो भिडियो हेर्दा पनि उहाँले हत्या गरेको पुष्टि हुन्छ,’ एसपी थापाले भने ।

श्रीमती अर्कै प्रेमीसँग रहेको कुरा रत्नबहादुरलाई पहिलेदेखि नै थाहा थियो ।

प्रहरीका अनुसार रत्नबहादुरले एकपटक अर्कैसँग गएकी श्रीमतीलाई फिर्ता लिएका थिए । रत्नबहादुरले ४र५ वर्षअघि देखि पोखरामा मजदुरी गर्दै आएका थिए । उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।