Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

पूर्वगुप्तचर प्रमुख हुतराज थापा र डिआइजी ओम रानासँग जाँचबुझ आयोगले लियो बयान

पूर्वगुप्तचर प्रमुख हुतराज थापा र डिआइजी ओम रानासँग जाँचबुझ आयोगले लियो बयान

काठमाडौँ । जाँचबुझ आयोगले तत्कालीन राष्ट्रिय अनुसन्धान विभागका  प्रमुख हुतराज थापा र प्रहरीका डिआइजी ओम रानासँग पनि बयान लिएको छ। जेन जी आन्दोलनमा भएको क्षतिको विषयमा छानबिन गर्न बनेको आयोगले उनीहरु सँग बयान लिएको हो । पूर्वन्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सिंहदरबारस्थित कार्यालयमा बोलाएर मंगलबार उनीहरु सँग बयान लिएको हो ।

जेन–जी आन्दोलनको समयमा गुप्तचर विभागले प्रभावकारी काम गर्न नसकेको आलोचना भएपछि  विभागका प्रमुखसहितका अधिकारीलाई पनि आयोगले छानबिनको दायरामा ल्याएको हो । डिआइजी राना जेन जी आन्दोलनमा  काठमाडौं उपत्यका प्रहरी कार्यालयको निमित्त प्रमुख थिए ।

खासगरी भदौ २३ को आन्दोलनमा विद्यार्थीमाथि गोली प्रहारको घटनामा केन्द्रित भएर उनीसँग आयोगले बयान लिएको छ । अब आयोगले केपी ओली,लेखक,गोकर्णमणि दुवाडी, चन्द्रकुवेर खापुङ र छवि रिजाललाई बोलाउने तयारी गरेको छ ।