Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जेन–जी आन्दोलनमा फरार कैदी पक्राउ

जेन–जी आन्दोलनमा फरार कैदी पक्राउ

काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा फरार एक कैदीलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ।जबर्जस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका दिपेश साह सोना सोमबार दिउँसो पक्राउ परेका हुन्। 

उनी रौतहटको दुर्गाभगती गाउँपालिका–५ निवासी हुन् र जिल्ला कारागार कार्यालय रौतहटमा सजाय भुक्तान गरिरहेका थिए।

प्रहरीका अनुसार उनी २०८२ भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। फरार भएपछि सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बयलबास क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा उनलाई फेला पारिएको हो।

पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि पुनः जिल्ला कारागार कार्यालय रौतहट पठाउने प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएका छन्।