Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चोरी मुद्दामा पक्राउ परेका युवकको हिरासतमै मृत्यु

चोरी मुद्दामा पक्राउ परेका युवकको हिरासतमै मृत्यु

काठमाडौँ । चोरी मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ वर्षीय सबीर बक्सको हिरासतमै स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।

मोबाइल चोरीको आरोपमा जेठ २७ गतेदेखि हिरासतमा रहेका बक्सलाई शुक्रबार राति स्वास्थ्य समस्या देखिएपछि शनिबार बिहान करिब साढे ४ बजे कर्णाली प्रादेशिक अस्पताल लगिएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बक्समाथि चोरी मुद्दामा अनुसन्धान जारी रहेको थियो र बुधबार मात्रै म्याद थप गरिएको थियो।

मृतकको शव परीक्षणका लागि बाँकेबाट फरेन्सिक चिकित्सक ल्याउने प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ। पोस्टमार्टम प्रतिवेदनपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने बताइएको छ।